ठगीमा पक्राउ परेका सेफ सन्तोष साह हाजिर जमानीमा छुटे



काठमाडौं । रेष्टुरेन्ट खरिदसम्बन्धी आर्थिक विवाद र ठगीको आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा भएका छन् ।

शनिबार पक्राउ परेका साहलाई सोमबार बेलुका हाजिरी जमानीमा छाडिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौंमा रेष्टुरेन्ट खरिदका क्रममा दिइएको चेक अनादर तथा ठगीसम्बन्धी उजुरीपछि साहलाई पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा आवश्यक परेमा उपस्थित हुने शर्तमा उनलाई परिवारको जिम्मामा छाडिएको हो ।

साहलाई अनुसन्धान प्रक्रिया सहज बनाउन हाजिरी जमानीमा रिहा गरिएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीले आवश्यक परे पुनः बोलाउने र अनुसन्धानलाई अघि बढाउने जनाएको छ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्