सुनको मूल्य बढ्यो, चाँदीको के भयो ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।सो अनुसार सुन आज २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सोमबार भने २ लाख ९८ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो ।

चाँदी आज २५ रुपैयाँले घटेर ४ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार भने ५ हजार ०१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्