११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन



काठमाडौँ, २ असार । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा रु १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवमा रु १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा हालसम्म लक्ष्यको ७३.०६ प्रतिशत मात्र राजस्व उठेको छ ।

कर राजस्वतर्फ रु १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा ११ महिनामा लक्ष्यको ७४.०३ प्रतिशत अर्थात् रु ९ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख सङ्कलन भएको छ ।

गैरकर राजस्वतर्फ रु १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख लक्ष्य रहेकामा रु ९९ अर्ब ९४ करोड ६९ लाख अर्थात् ६४.७३ प्रतिशत सङ्कलन भएको छ ।

यस्तै, अनुदानतर्फ रु ५३ अर्ब ४४ करोड ६९ लाख प्राप्त गर्ने लक्ष्य राखिएकामा हालसम्म रु २२ अर्ब ८८ करोड ५९ लाख अर्थात् ४२.८२ प्रतिशत मात्र प्राप्त भएको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्