प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित



काठमाडौँ, ४ असार । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ बहुमतले पारित भएको छ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८३ पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो।

विधेयकमाथिको छलफलका क्रममा विभिन्न सांसदहरूले दर्ता गरेका खर्च कटौती प्रस्तावहरू सभाको बहुमतबाट अस्वीकृत भएका थिए।

अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका थिए। विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते छलफल भएको थियो भने उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले बुधबार र बिहीबार दिएका थिए।

प्रतिनिधिसभाको अर्को बैठक असार ५ गते बिहान ११ बजे बस्ने तय भएको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्