प्रधानमन्त्री प्रचण्ड किन जाँदैछन् चितवन ?


 



काठमाडौं, जेठ ५
चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार बनेकी छोरी रेणुको मतपरिणाम बढेकै बेला प्रधानमन्त्री प्रचण्डको पनि चितवन जाने काम परेको छ ।

यद्यपी, उनी रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यलय उद्घाटनका लागि चितवन जान लागेका हुन् । यस अघि प्रधानमन्त्री प्रचण्ड मतदानका लागि भरतपुर पुगेका थिए ।

प्रचण्ड पुत्री रेणु दाहाल काँग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार छिन् । आफ्ना प्रतिद्वन्दी एमाले देवी ज्ञवालीसंग हिजोसम्म फराकिलो मतान्तरमा रहेकी रेणुको मतान्तार आज केही घटेको छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्