पोखरामा माओबादी केन्द्रको ‘हसिया हतौडामा’ पनि मत !


 


काठमाडौं, जेठ ५
गत बैशाख ३१ गते सम्पन्न स्थानीय चुनावको मतदानका क्रममा पोखरा लेखनाथ महानगरपालिमा नेकपा माओबादी केन्द्रको ‘गोलाकार भित्रको हँसिया हतौडा’ मा पनि मेयरका लागि मतदान गरिएको छ ।

माओबादी केन्द्रले नेपाली काँग्रेसका रामजी कुँवरलाई समर्थन गरेको भएपनि माओबादी केन्द्रको चुनाव चिन्हमा मतदान गरिएको पाइएको हो । माओबादीको चुनाव चिन्हमा पछिल्लो मतगणनाअनुसार ४१६ मत परेको छ ।

बिना उम्मेदवार परेका ती भोट बदर गरिएका छन् । माओबादीले पोखरामा काँग्रेसको उम्मेदवार र भतरपुर महानगरपालिकामा काँग्रेसले माओबादीको उम्मेदवारलाई समर्थन गरेर चुनावी तालमेल गरेका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्