राजधानीका तीन मिडिया हाउसको गेटमा बेवारिसे गाडी, अनुसन्धानमा प्रहरी
काठमाडौं । राजधानीका मिडिया हाउसको प्रवेशद्वारअगाडि सोमबार बिहान शंकास्पद अवस्थामा पार्किङ गरिएका सवारीसाधन भेटिएपछि प्रहरीले अनुसन्धान थालेको छ।
तीनकुनेस्थित कान्तिपुर टेलिभिजन, बुद्धनगरस्थित अनलाइनखबर र पुरानो बानेश्वरस्थित हिमालयन टेलिभिजनको कार्यालयअगाडि बेवारिसे अवस्थामा सवारीसाधन राखिएको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको हो।
प्रहरीका अनुसार ती सवारीसाधन कार्यालयको आवतजावत प्रभावित हुने गरी पार्किङ गरिएको थियो। गाडीहरूमा चालक वा सम्बन्धित व्यक्ति फेला नपरेको तथा चाबीसमेत नभेटिएपछि सुरक्षा सतर्कता अपनाउँदै प्राविधिक परीक्षण सुरु गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले सवारीसाधनको पहिचान, पार्किङ गर्ने व्यक्ति र त्यसको उद्देश्यबारे सीसीटीभी फुटेज तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: २९ असार २०८३, सोमबार










