गोल्डेन बुट दौड : एम्बाप्पेलाई उछिन्दै मेसी अगाडि



काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेसी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्ताको सुचीमा फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेका छन् ।

अमेरिकाको एटलान्टा रंगशालामा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई हराउँदा दुवै गोलमा असिस्ट गरेका मेसी शर्षि स्थानमा उक्लिएका हुन् । मेसी र एमबाप्पेको गोल सङ्ख्या समान रहे पनि एसिस्टमा अघि रहँदै मेसी शीर्ष स्थानमा उक्लिएका हुन् ।

सर्वाधिक गोलकर्ताले गोल्डेन बुट पाउने छन् । यसका लागि मेसी अहिलाई प्रमुख दावेदार रहेका छन् । मेसी र एमबाप्पेले ७ खेल खेल्दै समान ८ गोल गरेका छन् । तर मेसीको असिस्ट ४ पुग्दा एमबाप्पेको असिस्ट ३ छ ।

सेमिफाइनलमा पराजित भएको एमबाप्पेको टोलीले आइतबार तेस्रो स्थानका लागि इङ्ल्यान्डसँग खेल्दैछ । उक्त खेलमा मेसीलाई पछि पार्ने एमबाप्पेलाई अन्तिम मौका रहनेछ ।

सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा नर्वेका एर्लिङ हाल्यान्ड रहेका छन् । क्वार्टरफाइनलबाट बाहिरिएको उनको टोली घर पुगिसकेको छ । चौथा र पाँचौ स्थानमा इङ्ल्यान्डका जुड बेलिङ्घम र कप्तान ह्यारी केन समान ६(६ गोलका साथ रहेका छन् ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्