राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत, भ्रामक विज्ञापनमाथि कडाइ गरिने



काठमाडौं । सरकारले राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत गर्दै विज्ञापन क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, मर्यादित र उत्तरदायी बनाउने लक्ष्य लिएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको उक्त नीतिले विज्ञापनलाई उपभोक्तासम्म सही, विश्वसनीय र उपयोगी सूचना प्रवाह गर्ने माध्यमका रूपमा परिभाषित गरेको छ। साथै, भ्रामक, झुटा तथा उपभोक्तालाई भ्रममा पार्ने विज्ञापनलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ।

नीतिअनुसार छापा, रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यममा प्रकाशित तथा प्रसारित विज्ञापनलाई समयानुकूल नियमन गरिनेछ।

सरकारले विज्ञापन उद्योगको व्यावसायिक विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवर्द्धन, उपभोक्ता हितको संरक्षण तथा डिजिटल युगअनुकूल विज्ञापन प्रणाली विकास गर्ने उद्देश्यले यो नीति कार्यान्वयनमा ल्याएको जनाएको छ।

नीतिमा सार्वजनिक स्थानमा राखिने विज्ञापनलाई समेत थप व्यवस्थित बनाउने, विज्ञापन क्षेत्रमार्फत रोजगारी सिर्जना गर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउने लक्ष्य राखिएको छ।

Provide your feedback on BizChat

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्