फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौँ । प्युठान र नवलपरासी पूर्वका छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जना मृत अवस्थामा फेला परेका छन्।
प्युठानको स्वर्गद्वारी नगरपालिका–८ पल्नोदमार बस्ने ७० वर्षीय शोप बहादुर सुनार सोही ठाउँस्थित टेकनटार चौरमा बिहीबार मृत अवस्थामा फेला परेका हुन्।
यस्तै, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–२ बोटेटोल नजिक नारायणी नदीको तटबन्धनको जा0लीमाथि रहेको गोरेटो बाटोमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। हाल नाम, थर र वतन नखुलेका ती पुरुष अन्दाजी ४० वर्षका रहेका छन्। बुधबार उनको शव फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी नवलपरासी पूर्वकै कावासोती नगरपालिका–१७ अमल्टारीस्थित गुन्द्रही ढकाहा सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्। बुधबार फेला परेको उक्त शव चितवनको भरतपुर महानगरपालिका–९ बस्ने ७२ वर्षीया सुकमाया दराईको भएको पुष्टि भएको छ।
यी तिनवटै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार










