सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ गोल्ड लोन’, सुन धितोमा राखेर ५० लाख रुपैयाँसम्म कर्जा पाइने
काठमाडौं, ३२ असार । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूको तत्काल वित्तीय आवश्यकता सहज रूपमा सम्बोधन गर्ने उद्देश्यले ‘सिद्धार्थ गोल्ड लोन’ सेवा सञ्चालनमा ल्याएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहना धितो राखेर बैंकबाट आवश्यक कर्जा सुविधा लिन सक्नेछन्। बैंकका अनुसार धितो राखिएको सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ।
यस सुविधाबाट ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि यो कर्जा उपयोग गर्न सकिने बैंकले जनाएको छ।
छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैंकको काठमाडौंस्थित न्यूरोड गेट शाखा बाट उपलब्ध रहेको छ।
बैंकले ‘सिद्धार्थ गोल्ड लोन’ मार्फत ग्राहकहरूको आकस्मिक आर्थिक आवश्यकता पूरा गर्न तथा सहज वित्तीय पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यस सेवासम्बन्धी थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार










