नामिबियाले नेपाललाई २१२ रनको लक्ष्य दियो
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज भइरहेको खेलमा नामिबियाले नेपाललाई जितका लागि २१२ रनको लक्ष्य दिएको छ।
नेदरल्यान्ड्सको उट्रेच्टमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २११ रन बनाएको छ।
नामिबियाका लागि जान फ्राइलिन्कले अविजित १०० रन बनाए। उनले १४९ बलको सामना गर्दै तीन चौका प्रहार गरे। त्यस्तै लौरेन स्टेनक्याम्पले ५९ रनको योगदान दिए।
नेपालका लागि करण केसीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए। सोमपाल कामीले एक विकेट लिए।
२१२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ।
प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार







