मुम्बई इन्डियन्स तेस्रो पटक बन्यो आइपीएल च्याम्पिएन, १ रनले उपाधि पोल्टामा


 


मुम्बई
भारतको हैदराबादमा आइतबार राति सम्पन्न आईपीएलको उपाधि मुम्बई इन्डियन्सले हात पारेको छ । रोमाञ्चक फाइनल खेलमा मुम्बई इन्डियन्सले पुणेलाई एक रनले पराजित गरेर उपाधि हात पारेको हो । योसंगै मुम्बईले तेस्रो पटक आईपीएलको उपाधि उचालेको छ ।

टस जितेर पहिले व्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा १२९ रन बनाएको थियो । मुम्बईको रनरेट हेरेर पुणेले सहजै जित दर्ता गर्ने अनुमान लगाइएपनि त्यो सम्भव भएन । जितको नजिक पुगेपनि पुणे पराजित भयो । स्टिभ स्मिथको अर्धशतकको पनि कुनै काम भएन ।

स्टीभ स्मिथ आउट हुने वित्तिकै मुम्बईले पुणेको हातबाट म्याच आफ्नो पक्षमा पारिसकेको थियो । पुणेले २० ओवरमा ६ विकेट गुमाएर केवल १२९ मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा मिचेल जानसनले ९ रन दिएर २ विकेट लिए । जबकि अन्तिम विकेट अन्तिम बलमा रन आउट हुन पुग्यो । क्रुणाल पाण्ड्या शानदार व्याटिङ गरेवाफत म्यान अफ द म्याच घोषित भए ।

अन्तिम ओभरमा जितका लागि पुणेलाई ११ रन आवश्यक थिए । स्ट्राइकमा मनोज तिवारी थिए । रोहित शर्माले बलिङका लागि मिचेल जानसनलाई अनुरोध गरे । उनको पहिलो बलमा तिवारीले चौका हाने । जितका लागि ७ रन आवश्यक भइरहेका बेला मिचेलले दोस्रो र तेस्रो बलमा मनोज तिवारी र स्टीव स्मिथलाई आटउ गरे ।

अन्तिममा डेनियल क्रिस्टन र वाशिंगटन सुन्दरको जोडीले तीन बलमा ६ रन मात्रै बनाउन सक्यो । सुरुमा १३० को लक्ष्य पछ्याउन पुणेको तर्फबाट अजिंक्य रहाने र राहुल त्रिपाठी क्रिजमा उत्रे । यो जोडीले पहिलो दुई ओभरमा १४ रन बनाए । तेस्रो बलको चौथा बलमा भने राहुल त्रिपाठी एलबीडब्ल्यू आउट भए ।

राहुल तीन रन बनाएर बाहिरिए । राहुल आउट भएपछि क्रिजमा आएका स्टीभ स्मिथ र राहानेको जोडीबीच ५४ रनको साझेदारी भयो ।
रहाने ४४ रन बनाएर जानसनको बलिङका क्रममा पोलार्डको हातबाट क्याचआउट भए । पुणेले व्याटिङका लागि मनोज तिवारी भन्दा पहिले धोनीलाई पठाएका थिए ।

धोनी र स्मिथबीच बीच २७ रनको साझेदारी भयो । १७ ओभरमा धोनी १० रन बनाउँदै आउट भए । बलियो फिल्डिङकाबीच पुणेले जित चुम्न सकेन । उता मुम्बईले निर्धाति २० आभरमा मुम्बई ७ विकेट गुमाएर केवल १२९ रन बनायो ।

क्रुणाल पाण्ड्याको शानदार ४७ रनको पारीले नै मुम्बई जितको नजिक पुगेको थियो । एक समय मुम्बईले १४.१ ओभरमा ७९ रनमा ७ विकेट गुमाइसकेको थियो । आठौं स्थानमा गएका क्रुणाल र मिचेल जानसनको जोडीले नै मुम्बईको रनलाई बढावा दिएका थिए ।

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्