Deshko News
१३ आश्विन २०८०, शनिबार

​ग्रिजम्यान म्यानचेष्टर युनाइटेड जाने सम्भावना बढ्यो



एजेन्सी, जेठ १०

एथ्लेटिको मड्रिडका स्टार स्टाइकर एन्टोनि ग्रिजम्यान इंग्लिस फुटबल क्लब म्यानचेष्टर युनाइटेड आउने सम्भावना बलियो बनेको छ ।

फ्रान्स राष्ट्रिय टिमकासमेत खेलाडी रहेका ग्रिजम्यानले एक फ्रेन्च टिभिसँगको अन्तर्वार्तामा सम्भावना बलियो रहेको बताएका हुन् ।

‘म्यानचेष्टर युनाइटेड जाने सम्भावना छ, सम्भावना १० मा ६ प्रतिशत छ, अबको दुई हप्तामा म आफ्नो भविष्यबारे निर्णय गर्नेछु’ उनले भने ।

फ्रान्स राष्ट्रिय टिममा सन् २०१४ मा डेब्यू गरेपछि उनले टिमबाट ४१ खेल खेलिसकेका छन् । ४१ खेलमा उनले २६ गोल गरेका छन् ।

उनी विश्व फुटबलको वर्तमान स्थितिमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीपछि चर्चामा रहेका खेलाडी हुन् ।

गएको बलोन डिओरको अवार्डका बेला पनि उनी तेस्रो नम्बरमा रहेका थिए ।

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News