सकियो भरतपुरको छानबिन, कहिले सुचारु हुन्छ मतगणना ?


 


काठमाडौं, जेठ १७
भरतपुरको मतगणना विवादपछि उत्पन्न परिस्थितिको छानविनका लागि गठित छानविन समितिले अनुसन्धान सकेको छ ।

गत बैशाख ३१ गते सम्पन्न चुनावको मतगणना भइरहँदा अन्तिममा आएर मतपत्र च्यातिएपछि भरतपुरमा विवाद सृजना हुनुका साथै मतगणना कार्य अनिश्चित कालका लागि स्थागित भएको थियो ।

करिब ४ हजार मतगण्ना गर्न बाँकी रहेको बेला उत्पन्न परिस्थितिले अब के हुन्छ भन्ने अन्योल छाएको छ । मतगणना स्थगित हुनुभन्दा अघिसम्म एमालेका देवी ज्ञवाली माओबादी केन्द्रकी रेणु दाहाल भन्दा करिब ७ मतले अगाडि थिए ।

मतपत्र च्यातिएको घटनाबारे छानबिन गर्न गठित समितिले बुधबार निर्वाचन आयोगलाई प्रतिवेदन बुझाउँदै छ । छानबिन समितिका संयोजक गीताप्रसाद तिमल्सिना नेतृत्वको टोलीले अनुसन्धान सकेर मंगलबार नै काठमाडौं फर्किएको छ ।

समितिमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी प्रधान कार्यालयका डीआईजी मोहन भण्डारी सदस्य छन् । समितिले प्रतिवेदन बुझाएपछि यसबारे निर्वाचन आयोगले उचित निर्णय लिने आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्