Deshko News
१६ आश्विन २०८०, मंगलबार

काठमाडौंमा ‘क्लिन द सिटी अभियान’ सुरु, मेयर र उपमेयर झाडु बोकेर सडकमा (तस्बीरसहित)



काठमाडौं, जेठ १८
सपथ ग्रहणकै दिन हिजो बुधबार क्लिन द सिटी अभियानमा हस्ताक्षर गरेका काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले आजदेखि अभियान सुरु गरेका छन् ।

अभियान सुरु गर्दै मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गी पनि सडकमा झाडु बोकेर सरसफाईमा सहभागी भए ।

धुलो र धुँवामा रुमालिएको काठमाडौंलाई क्लिन बनाउने अठोटका साथ सुरु गरिएको अभियानलाई सफल बनाउने मेयर शाक्यले प्रतिबद्धता जनाएका छन् । मेयर शाक्यले बुधबार पदभार ग्रहण गर्दै पहिलो ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News