Deshko News
१३ आश्विन २०८०, शनिबार

नेपाल फिफा वरियतामा माथि उक्लियो



काठमाडौं, जेठ १८
विश्व फुटबल महासंघ फिफाको बरियातामा नेपालले आफ्नो स्थानमा सुधार गरेको छ । यसपटक ४ स्थान सुधार गर्दै नेपाल फिफा बरियतामा १६९ औं स्थान माथि उक्लिएको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियाता अनुसार नेपाल यसअघिको आफ्नो वरियतामा चार स्थान सुधार गरेको हो । नेपाल दक्षिण एशियामा भारत, माल्दिभ्स, अफगानिस्ता र भुटानपछि चौथो स्थानमा छ ।

दक्षिण एशियामा भारत १००औं स्थानमा यथावत रहँदा चार स्थान तल खस्केको माल्दिभ्स १५६औं र समान चार स्थान तल झरेको अफगानिस्तान १५८औं स्थानमा छ । यस्तै २ स्थान तल झरेको भुटान पनि नेपालभन्दा तीन स्थान माथि १६६औं स्थानमा छ ।

बरियातामा नेपालभन्दा पछाडि रहेका दक्षिण एशियाली मुलुकहरुमा बंगलादेश १९२, श्रीलंका १९६ र पाकिस्तान २००औं स्थानमा छन् ।
बरियताको पहिलो स्थानमा ब्राजिल यथावत छ ।

 

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News