Deshko News
१६ आश्विन २०८०, मंगलबार

अकूत सम्पत्ती जोडेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ



काठमाडौं, जेठ १९

अकूत सम्पत्ती आर्जन गरेको आरोपमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा पक्राउ परेका छन् । शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

कर फर्छ्यौट आयोगबाट २० अर्ब रुपैयाँ उन्मुक्ति, एनसेल बिक्री करमा छुटको लबिङ लगायतका विवादित मुद्दामा मुछिएका शर्मालाई आज अख्तियारले पक्राउ गरेर अनुसन्धान थालेको हो ।

लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाटै दिउँसो १२:३० बजे उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो। उनीमाथि राजश्व विभागमा रहँदा भ्रष्टाचार गरेलगायतका उजुरीका आधारमा अख्तियारले पक्रेको हो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News