देउवाको पक्षमा झन्डै दुई तिहाई सांसद, कति आवश्यक ?


 


काठमाडौं, जेठ २२
प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुरको पक्षमा झन्डै दुईतिहाइ मत पुगेको छ ।

नौ दलले समर्थन गर्दा उनको पक्षमा ३८८ मत जुटिसकेको छ । संसद्मा अहिले ५९३ सदस्य छन् । दुईतिहाइका लागि ३९६ मत आवश्यक पर्छ । देउवाको पक्षमा दुईतिहाइ पुग्न अब आठ मत मात्रै कम छ ।

देउवालाई रापाले सर्तसहित समर्थन गरेको छ । संविधान संशोधन, मधेस आन्दोलनका मुद्दा फिर्तालगायत सर्तमा राजपाले समर्थन गरेको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादबीच देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा बहुमत नेताहरूले दबाब दिएपछि अध्यक्ष कमल थापाले समर्थनको निर्णय लिएका हुन् । राप्रपा नेता राणासँगको भेटमा देउवाले उपप्रधानबाहेक राप्रपाले चलाएका पुरानै चार मन्त्रालय दिने प्रस्ताव राखेको बताइएको छ । अघिल्लो सरकारमा राप्रपाले स्थानीय विकास, आपूर्ति, भूमिसुधार र पर्यटन मन्त्रालय पाएको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्