बेपत्ता किशोर मृत अवस्थामा फेला


 


नवलपरासी, जेठ २२

नवलपरासीमा भारतीय नहरमा डुबेर बेपत्ता भएका एक किशोर आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

सुस्ता गाउँपालिका–२ बस्ने भगवती हजामको छोरा अन्दाजी वर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । उनको शव नहरमा पानी सुकाएर झिकिएको प्रहरीले जनाएको छ ।

नवलपरासीको सुस्ता गाउँपालिकाअन्तर्गत कुडियाको साइफन नजिक भारतीय पश्चिमी नहरमा डुबेर कमलेश बेपत्ता भएका थिए । रासस

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्