Deshko News
१६ आश्विन २०८०, मंगलबार

पहिरोले मेचीराजमार्ग अवरुद्ध, यात्रु अलपत्र



ताप्लेजुङ, जेठ २२

मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ ।

गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारीसाधनबीच बाटोमानै रोकिएका छन् । माथिबाट भरेको पहिरोले सडक पुरेको छ ।

यस्तै धुसेनी भिरबाट समेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर मेसिन पठाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

यस्तै पहिरो पन्छाउन पाँचथरबाट समेत स्काभेटर मेसिन झिकाइएको छ भने पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । सडक अवरुद्ध भएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने छ वटा बस र दर्जनौँ ट्याक्सी रोकिएर रहेका छन् भने यात्रु अलपत्र परेका छन् । बर्सेनि वर्षात्को समयमा सोही ठाउँमा पहिरो झरेर सडक अवरुद्ध हुने गरेको छ । रासस

प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News