कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा निर्वाचित


 



काठमाण्डौं, जेठ २३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको ४० औं र गणतान्त्रिक नेपालका नवौं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

नयाँ प्रधानमन्त्री चयनका लागि आज व्यवस्थापिका संसदको दोस्रो बैठकबाट देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । देउवा ३८८ मत ल्याउँदै प्रधानमन्त्रीमाा निर्वाचित भएका हुन् । दुई तिहाई पुग्न ९ मत कम परेको छ । विपक्षमाा १७० मत परेको छ ।

प्रधानमन्त्रीमा निर्वाचित हुन कुल सदस्य संख्या ५९३ बाट बहुमत अर्थात २९७ मत प्राप्त हुनुपर्छ । देउवा प्रधानमन्त्रीका एक्ला उम्मेदवार थिए । यसअघि उनको पक्षमा झण्डै दुई तिहाई पुग्न सक्ने अनुमान गरिएको थियो ।

प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

देउवाको समर्थनमा माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक, संघीय समाजबादी, राजपा नेपाल, नेकपा संयुक्त, अखण्ड नेपाल र समाजबादी दलको समर्थन थियो ।

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्