केही मन्त्रीसहित आज शपथग्रहण गर्दै देउवा, कांग्रेसबाट यी तीन नेताको सम्भावना


 


काठमाडौं, जेठ २४
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डलसहित पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।

दिउसो पौने २ बजेतिर हुने शपथग्रहणमा देउवाले कांगे्रस, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकबाट सहभागी हुने केही मन्त्रीहरुलाई समेट्ने छन् । उनी आजै कांग्रेसबाट दुई वा तीन, माओवादी केन्द्रबाट दुई तथा फोरम लोकतान्त्रिकबाट एकजनालाई समेट्ने मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा छन् । राजधानी दैनिकमा खबर छ ।

नेपाली कांग्रेसबाट गोपालमान श्रेष्ठ, महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की पहिलो चरणको मन्त्रिमण्डलमा समावेश हुने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्