Deshko News
१६ आश्विन २०८०, मंगलबार

अत्यधिक गर्मीका कारण १५ सय कुखुरा मरे



तनहुँ, जेठ २४

अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् ।

व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिनुभयो । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताउनुभयो । उक्त कुखुराले अन्डा दिन थालेको करिब दुई/तीन महिनापछि मर्दा करिब रु १५ लाख बराबरको क्षति भएको कृषकले बताउनुभयो ।

साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६/७ वर्षअघि देखि अन्डा दिने कुखुरा व्यावसायिक रुपमा पाल्दै आउनुभएको बताइएको छ । श्रेष्ठले उक्त कुखुरा फार्मको सगरमाथा इन्सुरेन्स कम्पनीमा बिमा गराएको र सोही बिमा कम्पनीका व्यक्ति आएर अवलोकन गरेका छन् के कति क्षतिपूर्ति दिने हुन् केही थाहा छैन भन्नुभयो ।

त्यसैगरी व्यास नपा–१ गल्बुवेसी निवासी तिलकुमारी नेपालीले पालेका ब्वायलर जातका ४०० कुखुरा पटकपटक गरी मरेर सकिएको बताउनुभयो । उक्त कुखरा मर्दा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको कृषक नेपालीले जानकारी दिनुभयो ।

बिमा कम्पनीले ब्वायलर जातको कुखुरा व्यवसायमा बिमाको सुविधा नदिँदा कृषक मर्कामा पर्ने गरेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News