Deshko News
१६ आश्विन २०८०, मंगलबार

माओबादी केन्द्रले लगायो कन्काई नगरमा उम्मेदवारको टुंगो




झापा, जेठ २४
नेकपा माओवादी केन्द्र कनकाई नगर कमिटीले आसन्न स्थानीय तहको निर्वाचनका लागि प्रमुख तथा उपप्रमुखसहित सबै वडाका लागि उम्मेदवारी घोषणा गरेको छ ।

नगरपालिकाको प्रमुख पदमा गोपाल चुडाल तथा उपप्रमुखमा शान्ता अधिकारीको नाम सार्वजनिक गरिएको छ ।

वडाध्यक्षमा वडा नं १ मा हरिबहादुर राउत, २ नंमा गम्भीरबहादुर राई (कुमार), ३ नंमा भक्ति पाठक, ४ नंमा गोविन्द चापागाईं, ५ नंमा प्रेम ओली, ६ नंमा दीर्घबहादुर थापा, ७ नंमा चन्द्रमान कन्दङ्वा, ८ नंमा तुलसीराम कालीकोटे र ९ नं वडाध्यक्षमा अजित कायस्थको नाम सार्वजनिक गरिएको छ । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News