Deshko News
१६ आश्विन २०८०, मंगलबार

चुनाव विथोल्न सक्ने भन्दै विप्लवका दर्जन बढी कार्यकर्ता पक्राउ



रुकुम, जेठ २४

स्थानीय तहको चुनाव बिथोल्न खोजेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी रुकुमका १९ जनालाई रिहा गरेलगत्तै आज फेरि पक्राउ गरिएको छ ।

वैशाख १९ गते पक्राउ परेका नेकपाका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढासहित १९ जनालाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरे पनि उनीहरुलाई फेरि प्रहरीले पक्राउ गरेको हो ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्न सक्ने भएकाले पक्राउ गरेको प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिनुभयो । दोस्रो चरणको निर्वाचन नसकिँदै रिहा भए फेरि पक्राउ गर्ने भनिएपछि उनीहरु दोस्रो चरणको निर्वाचन सम्पन्न नहुँदासम्म हिरासतमै रहने भएका छन् । “उनीहरु धरौटीमा रिहा भएका थिए प्रहरी निरीक्षक रजालीले भन्नुभयो, “तर दोस्रो चरणको निर्वाचनमा पनि उनीहरुले असर पु¥याउनसक्ने अनुमान गरिएकाले फेरि पक्राउ गरिएको हो ।”

आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा चुनौती बिप्लव माओवादीलाई लिएको प्रहरीले उनीहरुको गतिविधिप्रति निगरानी बढाइरहेको छ । रासस

प्रकाशित मिति: २४ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News