उपप्रधानमन्त्रीसहित चार मन्त्रालय नपाए सरकारमा नजाने राप्रपाको चेतावनी, कांग्रेसले के भन्यो ?


 



काठमाडौं, जेट २५
चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन उपप्रधानमन्त्रीसहित चार मन्त्रालय मागेको छ ।

राप्रपाले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने जनाएको छ । नयाँ पत्रिकामा खबर छ ।

‘हामीले आकारअनुसारको प्रतिनिधित्व र हैसियत पाउनुर्पयो भनेका छौँ,’ राप्रपाको वार्ताटोली संयोजक महामन्त्री जयन्त चन्दले भने, ‘राप्रपाभन्दा सानो पार्टीले उपप्रधानमन्त्रीसहित राम्रा मन्त्रालय पाउने, तर हामीलाई उपप्रधानमन्त्री पनि नदिने, राम्रा मन्त्रालय पनि नदिने अनि कसरी सरकारमा सहभागी हुने ?’

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्