२७ मतदानस्थल अतिसंवेदनशील, सुरक्षाको विशेष व्यवस्था


 


इलाम, जेठ २५

इलामका १४४ मतदानस्थलमध्ये २७ वटा अतिसंवेदनशील र ३३ वटा संवेदनशील रहेको ठहर गरिएको छ ।

जिल्ला सुरक्षा समितिले संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको मूल्याङ्कन गरी सुरक्षा रणनीतिसमेत तयार गरेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ जनकराज दाहालका अनुसार संवेदनशील र अतिसंवेदनशील मतदानस्थलको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ ।

सामान्यमा भन्दा अतिसंवेदनशील र संवेदनशील मतदानस्थलमा बढी सुरक्षाकर्मी र विशेष किसिमको सुरक्षा व्यवस्था गरिएको समेत प्रजिअ दहालले बताउनुभयो । सुरक्षाका दृष्टिकोणले पनि ती मतदानस्थलको नाम सार्वजनिक गर्न नमिल्ने सुरक्षा समितिले जनाएको छ ।

चुनावलाई शन्तिपूर्ण रूपमा सफल बनाउन सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको सुरक्षा समितिले जनाएको छ । जिल्लाका ८१ वडामा १४४ मतदानस्थल र २४९ वटा मतदान केन्द्र छन् । रासस

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्