Deshko News
१६ आश्विन २०८०, मंगलबार

चुनाव संशोधनबारे राजपा नेतालाई अझै शंका, मधेस पुगेर सरकारलाई चेतावनी



 

महेन्द्रनगर (धनुषा), जेठ २५

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नभए चुनाव बहिस्कार गर्ने बताउनुभएको छ ।

धनुषाको औरही गाउँपालिकाको कपटौलमा आज आयोजित विरोध सभा एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूहरु चुनावको विरोधमा नभई अधिकारका लागि आन्दोलित रहेको बताउनुभयो ।

कार्यक्रममा राजपाका उपाध्यक्ष वृशेष चन्द्रलालले बलपूर्वक गरिने निर्वाचनबाट सिजृना हुने घटनाको जिम्मेवारी सरकार स्वयम्ले लिनुपर्ने उल्लेख गर्दै संविधान संशोधनबिना निर्वाचनको कल्पना समेत गर्न नसकिने बताउनुभयो ।

यसैबीच राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए राजपा कुनै पनि हालतमा चुनाबमा सहभागी नहुने बताउनुभएको छ ।

जनकपुरको कपलेश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मधेसको मुद्दालाई कसैले कमजोर ठानेर अगाडि बढ्यो भने यो कसैका लागि हितकर नहुने धारणा व्यक्त गर्नुभयो ।

नेता महतोले भन्नुभयो, “मधेसीको माग सम्बोधन नगरी जÞर्वजस्ती गराएको निर्वाचनको कुनै अर्थ रहँदैन र यसले देश झन द्वन्द्वमा फस्न सक्ने भएकाले यसतर्फ राज्य गम्भीर हुनुपर्दछ ।”

महासचिव राजिव झाले मधेसीको माग पुरा नगरी मधेसमा चुनाव गराउने कुरा दीवास्वप्न वाहेक केहि होइन भन्नुभयो । रासस

प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News