Deshko News
१३ आश्विन २०८०, शनिबार

वादी समुदायबाट पहिलो महिला उम्मेदवार– टिकट पाउनु नै ठूलो कुरा



कैलाली, जेठ २६

गोदावरी नगरपालिका–८ स्याउलेबाट सुदूरपश्चिमको पिछडिएको जाति भनेर चिनिने वादी समुदायकी चन्द्राकुमारी वादी स्थानीय तहको चुनावका लागि उपप्रमुखमा पहिलो महिला उम्मेदवार बनेकी छन् ।

सङ्घीय समाजवादी फोरम, नेपालले २८ वर्षीय वादीलाई गोदावरी नगरपालिका–८ बाट उपप्रमुखको उम्मेदवार बनाएको छ ।

सङ्घीय समाजवादी फोरम, नेपालको भ्रातृ सङ्गठन सङ्घीय मजदुर ट्रेड युनियन सङ्घको केन्द्रीय सदस्यसमेत रहनुभएकी वादीले सुदूरपश्चिममै पिछडिएको वादी समुदायको अधिकारका लागि समय समयमा आवाज उठाएकाले पार्टीले आफू उपयुक्त उम्मेदवार ठानी छनौट गरेको जानकारी दिनुभएको छ ।

उहाँले असार १४ गतेको दोस्रो चरणको स्थानीय चुनावमा आफ्नो हार जित जे भए पनि यस समुदायका तर्फबाट प्रमुखको उम्मेदवार हुन पाएकामा निकै नै हर्षित भएको बताउनुभएको छ । रासस

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News