भोजपुर नगरपालिकामा कांग्रेसबाट कसले पाउँदैछ मेयरको टिकट ?


 


काठमाडौं, जेठ २६
भोजपुर नगरपालिकाको मेयरका लागि कांग्रेसबाट कसले टिकट पाउँला सर्वाधिक चासो छ । किनभने मेयरका दुई दावेदार बालकृष्ण थापा र कैलाश आलेले आफू नै उम्मेदवार रहेको दाबी प्रस्तुत गरिरहेका छन् भने चुनावी प्रचार प्रसार पनि दुबैजनाले गरिरहेका छन् ।

जिल्लामा चरम विवाद भएपछि भोजपुरको मेयरको टिकट आज कांग्रेस केन्द्रिय कार्यालयले टुंगो लगाउँदैछ । दुबै उम्मेदवार यतिबेला कांग्रेस केन्द्रिय कार्यालय सानेपा पुगेर केन्द्रको निर्णय कुरिरहेका छन् ।

जिल्लाले आलेलाई दिएको थियो भने केन्द्रले थापालाई दिएको बताईन्छ । यद्यपी निर्णय भने केहीबेरमा आउँदैछ । थापा र आलेमध्ये जो कोहीले टिकट पाए पनि एकजना भने भित्ते उम्मेदवार बन्ने पक्कापक्की बनेको छ ।

यहाँ एमालेबाट गणेश श्रेष्ठ र माओवादी केन्द्रबाट शरण तामाङ मेयरका लागि चुनावी मैदानमा खटिसकेका छन् ।

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्