प्रधानमन्त्री देउवाले भने–चुनावपछि मात्रै संविधान संशोधन


 


काठमाडौं, जेष्ठ २७
प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनपछि मात्रै संविधान संशोधन हुने बताएका छन् । हिजो आयोजित एक कार्यक्रममा शुभकामना ग्रहण गर्दै संविधान संशोधन चुनावपछि मात्रै सम्भव हुने बताएका हुन् । आजको कान्तिपुरमा खबर छ।

देउवाले संविधान संशोधनमा आशंका नगरी दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी हुन राजपालगायत मधेसकेन्द्रित दलहरूलाई आग्रह समेत गरेका छन् ।

अहिले तत्काल संविधान संशोधन गरेर पास हुने अवस्था नरहेकाले अब चुनावपछि मात्रै संशोधन गरिने विश्वास दिलाए । अहिले संशोधनका लागि दुई तिहाई पनि नपुग्ने भएकाले चुनावपछि प्रतिपक्षको पनि विश्वास लिइएर संविधान संशोधन गरिने देउवाको भनाई छ ।

राजपा लगायतका असन्तुष्ट दलहरुले भने सरकारले निर्वाचनको वातावरण नबनाएको आरोप लगाउँदै संविधान संशोधनबिना निर्वाचनमा नजाने बताएका छन् ।

प्रकाशित मिति: २७ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्