Deshko News
१६ आश्विन २०८०, मंगलबार

रोनाल्डो जुम्ल्याह बच्चाको बाबु बने !



एजेन्सी, जेठ २८

रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो जुम्ल्याह सन्तानको बुवा बनेका छन् । पोर्चुगाली टेलिभिजन एसआइसीको दावी अनुसार रोनाल्डो सरोगेट (कोख भाडामा लिएर) मार्फत दुई बच्चाको बाबु बनेका हुन् ।

उनले आफ्नो जुम्ल्याह बच्चालाई जन्म दिएकी आमालाई बधाई दिएको समेत टेलिभिजनले दावी गरेको छ।

उनको नयाँ सन्तानमा एकजना छोरा र अर्को छोरी भएको र उनीहरुको नामाकरण इभा र माटियोको रुपमा राखिएको च्यानलको दावी छ।

रोनाल्डोको जुम्ल्याह बच्चाकी आमा उनको प्रेमिका जर्जिना रोड्रिगेज भएको दावी पनि गरिएको छ। तर, रोनाल्डोकी आमाले यसलाई अस्विकार गरेकी छिन्।

रोनाल्डोले पनि यो कुरालाई सार्वजनिक गरेका छैनन्। रोनाल्डोको यसअघि नै अपरिचित आमाबाट ६ वर्षको छोरा छ। क्रिस्टियान्हो नाम भएको छोरा २०१० मा जन्मिएको थियो। यस खबरलाई पनि केही समय रोनाल्डोले गुपचुप राखेका थिए।

रोनाल्डोको जुम्ल्याह बच्चालाई जन्म दिएको भनिएकी रोड्रिगेज स्पेनिस मोडल हुन्। उनले २०१० को जुलाईमा फेसबुक र ट्विटरमार्फत रोनाल्डोले बच्चालाई जन्म दिने खबर पोस्ट गरेपछि विश्वभरी रहेका उनका फ्यान चकित परेका थिए।

रोनाल्डोले जुम्ल्याह बच्चाको बाबु बनेको खबर पोर्चुगालको प्रायः सबै मिडियामा छयापछयाप्ती भइसकेको छ।

प्रकाशित मिति: २८ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News