सशस्त्र प्रहरीले अब १६ वर्षमै पेन्सन पाउने !


 


काठमाडौं, असार २२

APF-Nepalपछिल्लो समय पक्राउ पुर्जीको विवादमा रहेको सशस्त्र प्रहरीले नयाँ सुविधा पाएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई विशेष सहुलियत हुने गरी १६ वर्षमै पेन्सन दिने नयाँ नियमावली ल्याएको छ ।

सशस्त्र प्रहरी नियमावली ०७२ अनुसार ०६० सालभन्दा पहिले भर्ना भएका अधिकारीहरुले मात्रै १६ वर्षमै पेन्सन पाउनेछन् । यो नियमावली अनुसार ०६० सालपूर्व सेवा सुरु गरेका जवानदेखि वरिष्ठ हवल्दारले सेवा सुरु भएको १६ वर्षमै पेन्सन पाउने भएका हुन् ।

०६० साल पछिका अधिकारीले भने, २० वर्ष काम गरेपछि पेन्सन पाउने नियमावलीको निवृत्तिभरणसम्वन्धी व्यवस्थामा उल्लेख छ । १६ वर्षमा पाउनेहरुले ०६० साल चैत २६ अगावै सेवा सुरु गरेको हुनुपर्नेछ ।

नयाँ नियमावलीमा जवानदेखि वरिष्ठ हवल्दारले १६ वर्षमा र सहायक निरीक्षकदेखि वरिष्ठ नायव निरीक्षकसम्मले १८ वर्षमा पेन्सन पाउने प्रावधान राखिएको छ ।

प्रकाशित मिति: २२ असार २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्