भोजपुरका भूकम्प पीडितलाई दक्षिण कोरियाबाट सहयोग


 


भोजपुर, असार २३
SAM_5886भोजपुरका भूकम्प पीडितलाई भोजपुर परिवार दक्षिण कोरियाले राहत प्रदान गरेको छ । बुधबार विहान एक कार्यक्रमको आयोजना गरेर जिल्लाका भूकम्प पीडित र मृतकका परिवारलाई राहत वितरण गरिएको हो ।

भूकम्पले जिल्लामै मृत्यु भएका दुई परिवारलाई १५ हजारका दरले ३० हजार प्रदान गरिएको छ । त्यस्तै दुई लाख २८ हजार जिल्लाका भूकम्प पीडितलाई सहयोग गरेको भोजपुर परिवार दक्षिण कोरियाले जनाएको छ ।

मृतक परिवारको रकम स्थानीय विकास अधिकारी भानुभक्त न्यौपाने र जिल्लाका भूकम्प पीडितको रकम जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेललाई हस्तान्तरण गरिएको भोजपुर परिवार दक्षिण कोरियाका अध्यक्ष गोविन्द मगरले बताए । कार्यक्रममा परिवारले सदरमुकाममा निर्माणाधिन ब्याडमिन्टन कर्भडहलका लागि दुSAM_5888ई लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रकाशित मिति: २३ असार २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्