Deshko News
१६ आश्विन २०८०, मंगलबार

राजपासंग आजपनि सहमतिको प्रयास, के छ सम्भावना ?




काठमाडौं, असार १
माग सम्बोधन नगरिएको भन्दै चुनाव बहिस्कार गरेर आन्दोलनमा होमिएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसंग आज पनि सत्ता गठबन्धन र प्रतिपक्ष दलले सहमतीको प्रयास गर्ने भएका छन् ।

‘हिजो बसेको बैठकबाट सहमती जुट्न नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । आज विहान १० बस्ने बैठकमा राजपाले राखेका मागहरु सम्बोधन गर्न सकिने वा नसकिने र चुनाव सार्ने वा नसार्ने विषयमा दलहरुबीच छलफल हुने जनाइएको छ ।

हिजो बसेको बैठकमा राजपाका नेताले दोस्रो तेस्रो पटक सारेको चुनावको मिति सार्नुपर्ने र पूर्वसहमती सम्बोधन गर्नुपर्ने माग गरेका थियो । तर, सो विषयमा दलहरुबीच सहमती जुट्न नसकेको राजपा नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दलले चुनाव सार्ने विषयमा कडा प्रतिबाद गरेको छ । त्यस्तै, एमालले चुनावपछि मात्रै संविधान संशोधन गर्नुपर्ने अडान लिइरहेको छ । सत्तारुढ दल भने राजपाको मागलाई सम्बोधन गर्ने दाउमा छ ।

आज बस्ने बैठकअघि सत्तारुढ दलले चुनाव सार्ने, मनोनयन दर्ताको मितिमा पनि हेरफेर गर्ने विषयमा निर्वाचन आयोगसंग छलफल गर्दैछ । राजपाको मागअनुसार चुनाव सारिएको खण्डमा प्रदेश नम्बर २ र ५ को चुनाव सर्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति: १ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News