Deshko News
१६ आश्विन २०८०, मंगलबार

बिराटनगरमा माओवादी र संघीय समाजबादीबीच चुनावी तालमेल




बिराटनगर, असार ४
नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच बिराटनगर महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमती भएको छ ।

एमाले र लोकतान्त्रिक फोरमले चुनावी तालमेल गर्ने सहमती गरेलगत्तै माओबादी केन्द्र र संघीय समाजबादीले पनि चुनावी तालमेल गर्ने सहमती गरेका छन् ।

सहमतीअनुसार महानगरको मेयर संघीय समाजबादीको तर्फबाट हुनेछ भने उपमेयर माओबादी केन्द्रको तर्फबाट हुनेछ । संघीय समाजबादीले मेयरमा उमेश यादव र माओबादी केन्द्रले उपमेयरमा नमिता न्यौपानेलाई अघि सारेको छ ।

दुई पार्टीबीच जिल्लाका अन्य तहमा पनि तालमेल गरेर जाने सहमती भएको छ । मोरडमा १ महानगरपालिकासहित १७ स्थानीय तह छ ।
बिराटनगरमा हिजो मात्रै नेकपा एमाले र लोकतान्त्रिक फोरमबीच चुनावी तालमेल गर्ने सहमती भएको थियो ।

प्रकाशित मिति: ४ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News