Deshko News
१६ आश्विन २०८०, मंगलबार

किन कम भयो दोस्रो चरणमा दलहरुबीच चुनावी तालमेल ?



 

काठमाडौं, असार ४
दोस्रो चरणको चुनावमा पनि दलहरुले विभिन्न ठाउँमा चुनावी तालमेल गरेका छन् । तर, यसपटक अघिल्लो चुनावको तुलनामा भने दलहरुबीच कम तालमेल भएको छ ।

अन्य दलभन्दा सत्ता साझेदार दल नेपाली कांग्रेस र माओबादी केन्द्रबीच बढी ठाउँमा चुनावी तालमेल भएको छ । दोस्रो चरणमा निर्वाचन हुने एक मात्र महानगरपालिका विराटनगरमा एमाले र लोकतान्त्रिक फोरमबीच तालमेल गरेका छन् ।

यहाँ फोरमले एमालेको मेयरलाई सघाउने छ । त्यस्तै, माओबादी केन्द्र र संघीय समाजबादी फोरमले पनि तालमेल गरेका छन् । यहाँ संघीय समाजबादीको तर्फबाट मेयर माओबादीबाट उपमेयर तय गरिएको छ । महानगरपालिकामा कांग्रेसले अहिलेसम्म कुनै दलसंग तालमेल गरेको छैन ।

कांग्रेसले बुटवल उपमहानगरपालिकामा माओबादी केन्द्रसंग तालमेल भएको छ । यहाँ माओबादी केन्द्रले कांग्रेसका मेयरलाई सघाउने छ भने उपमेयरमा कांग्रेसले माओबादीलाई ।

पहिलो चरणको निर्वाचनमा कतिपय ठाउँमा तालमेल प्रभावकारी नदेखिएपछि दोस्रो चरणमा तालमेल कम देखिएको छ । यसअघि तालमेल गरेका एमाले र राप्रपाबीच यस पटक तालमेल भएको छैन । एमालेसंगको तालमेल राप्रपालाई फापेन ।

सत्ता साझेदार भएकै कारण धेरै जिल्लामा माओबादी केन्द्र र कांग्रेसबीच बढी तालमेल देखिएको छ ।

माओवादी केन्द्र र एमालेबीच पाल्पाको रामपुर नगरपालिकामा मात्रै तालमेल भएको छ । स्थानीयस्तरमा केही साना दलहरुले ठूला दलहरुसंग मिलेर चुनावी तालमेल गर्ने प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति: ४ असार २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News