Deshko News
१३ आश्विन २०८०, शनिबार

पाकिस्तानले उचाल्यो च्याम्प्यिन्स ट्रफीको उपाधि, भारतको लज्जास्पद हार




काठमाडौं, असार ५
भारतलाई लज्जास्पद हातरको बाटो देखाउँदै पाकिस्तानले च्याम्पियनस ट्रफीको उपाधि उचालेको छ । भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा जमाएको हो ।

आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको जीत हो । जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष्य पाएको भारत मात्र ३०.३ ओभरमा १ सय ५८ रनमै सिमित भयो ।

भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीको ठूलो योगदान रह्यो । उनीहरुले घातक बलिङ गर्दै ३–३ विकेट लिए । कुनै समय ५ विकेटको क्षतिमा ५४ रनको दयनीय स्थितिमा रहेको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउँदै सम्मानजक स्कोरतर्फ डोर्याएका थिए । उनीबाहेक भारतका लागि अरु खेलाडीले खासै राम्रो स्कर बनाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानका लागि ओभर फकर जमानले शतकीय पारी खेलेपछि निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३८ रन बनाए । उनलाई अर्का ओपनर अजहर अलीले साथ दिएका थिए । उनले पनि ५९ रन बनाउँदै राम्रो साथ दिए ।दुवैले मिलेर पहिलो विकेटका लागि १२८ रन जोडे ।

पाकिस्तानको स्कोर २ सय रन हुँदा हार्दिक पाण्डेयको बलमा आउट हुनअघि जमानले १०६ बलमा ११४ रन बनाए । उनले यस क्रममा ३ छक्का र १२ चौका हाने ।

आजमले ४६ रनको योगदान दिए । खेलको अन्त्यतिर मोहमद हाफिजले ४ चौका र ३ छक्का हिर्काएर ५७ रन बनाउँदै पाकिस्तानलाई ३ सयको स्कोर कटाउन मद्दत गरे । भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट मात्रै लिन सकेका थिए ।

प्रकाशित मिति: ५ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News