Deshko News
१४ आश्विन २०८०, आइतबार

इतिहास रचेका थवाङबासी यसपटक दोधारमा, हाल्छन त भोट ?




काठमाडौं, असार ६
विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सरगर्मी बढेको छ ।

सधैं एकजुट बनेर विद्रोह गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपाले थवाङमा कुनै पनि उम्मेदवार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मतदानको दिन नजिकिँदै गर्दा थवाङवासी दोधारमा परेका छन् । हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङवासी कसलाई भोट दिने भन्ने अन्योलमा परेका हुन् ।

प्रकाशित मिति: ६ असार २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News