Deshko News
१३ आश्विन २०८०, शनिबार

महोत्तरीका मतदाता भन्छन्, ‘जानीजानी मतदानबाट बञ्चित गराइयो’



गौशाला, असार ७

सरकारले २ नं प्रदेशमा स्थानीय तहको निर्वाचनको मिति सारेपछि महोत्तरी जिल्लाका मतदाता निराश भएका छन् । २० वर्षपछि स्थानीय तहको निर्वाचनमा सहभागी हुने मौका आएको भन्दै उत्साहपूर्वक मतदान गर्नका लागि तयार भएका यहाँका लाखौँ मतदाता सरकारले तेस्रो पटकका लागि निर्वाचनको मिति सारेपछि निराश भएका छन् ।

तीन लाखभन्दा बढी मतदाता रहेको महोत्तरीका तीन नगरपालिका र १२ गाउँपालिकामा चुनावी माहौल बनिसकेको र मतदाता मतदान गर्न आतुर रहेको अवस्थामा सरकारले पुनः चुनावको मिति सारेपछि आफूहरुलाई जानीजानी मतदान गर्नबाट वञ्चित गर्न खोजेको आरोप लगाएका छन् ।

राजपा बाहेकका सबै दलले चुनावी अभियानलाई तीव्र बनाएको तथा अधिकांशले गोप्य रुपमै भएपनि उम्मेदवारसमेत टुङ्गो लगाइसकेर चुनावी सभा र भोट माग्ने क्रमलाई तीव्रता दिइरहेको बेला अचानक सरकारले तीन महिना पछिका लागि निर्वाचनको मिति सारेर यहाँका मतदातालाई साह्रै अन्याय गरेको उनीहरुको बुझाइ रहेको छ ।

वर्षांैपछि स्थानीय तहको निर्वाचनमा सहभागी हुने र आफ्नो गाउँठाउँमा वर्षौंदेखि ठप्प विकासका कार्यक्रम आफ्नै प्रतिनिधिमार्फत आफूले चाहेजस्तो गराउने धोको बोकेर मत खसाल्न आतुर रहेका महोत्तरीका लाखौँ मतदाता यस जिल्लामा तेस्रो पटक तोकिएको मितिमा पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने बारेमा चिन्ता र निराशा व्यक्त गर्दछन् । रासस

प्रकाशित मिति: ७ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News