Deshko News
१६ आश्विन २०८०, मंगलबार

फेसबुकमा मोदीपछि ‘फ्लो’ गरिनेमा बिराट कोहली, सचिन र ध्वनी कहाँ छन् ?




मुम्बई
सामाजिक सञ्जाल फेसबुकमा भारतमा भारतीय प्रधानमन्त्री मोदीपछि ‘फ्लो’ गरिनेमा क्रिकेटर बिराट कोहली छन् । उनी सामाजिक सञ्जालहरुमा निकै सक्रिय छन् ।

उनलाई फेसबुकमा ३ करोड ५ लाख मानिसले ‘फ्लो’ गरेका छन् । पहिलो ६ महिनामा मात्रै उनलाई ३० लाख मानिसले ‘फ्लो’ गरेका छन् ।
विराट भन्दा अगाडि रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ४ करोड १८ लाख मानिसले ‘फ्लो’ गरेका छन् ।

कोहली फेसबुकसंगै अन्य सामाजिक सञ्जालहरुमा पनि सक्रिय छन् । उनको ट्वीटरमा १ करोड ६ लाख, इन्स्टाग्राममा १ करोड ४ लाख फ्लोअर्स छन् । उनी सामाजिक सञ्जालमा सबै भन्दा धेरै ‘फ्लो’ गरिने खेलाडीमा पर्छन् ।

विराट कोहलीका फ्लोअर्स
भारत– २, ९७, ७३, ८१८

बंग्लादेश–१७, ०२, ८४४

पाकिस्तान– ११, ०७, ७०४

नेपाल– ४, १८, ६०९

अन्य देश–२७, २२, ७४४

बिराटलाई फ्लो गर्नेमा ८३ प्रतिशत भारतीय नै छन् । बिराटपछि फेसबुकमा फ्लो गरिनेमा क्रिकेटर सचिन चेन्दुलकर छन् ।

उनलाई २ करो ८५ लाख मानिसले फ्लो गरेका छन् । उनी धेरै फ्लोअर्स पाउने खेलाडीहरुमा दोस्रो नम्बरमा पर्छन् भने तेस्रो नम्बरमा क्रिकेटर महेन्द्रसिंह ध्वोनी छन् । उनलाई २ करोड ५ लाख मानिसले फ्लो गरेका छन् ।

प्रकाशित मिति: १२ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News