Deshko News
१३ आश्विन २०८०, शनिबार

एमालेका बागी उम्मेदवारसहित कार्यकर्ता निष्काशित



झापा, असार १२

नेकपा (एमाले)ले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ ।

एमाले जिल्ला निर्वाचन परिचालनको आज बसेको बैठकले अनुशासन उल्लङ्घन गरी विभिन्न ठाउँमा स्वतन्त्र र अन्य दलबाट उम्मेदवार बनेको आरोप लगाउँदै उनीहरुलाई पार्टीको साधारण सदस्यताबाट समेत निष्काशन गरेको हो ।

पार्टीको कारबाहीमा परेकामा दमक–३ का तेजस्वी थेवे, बिर्तामोड–५ का देवराज तामाङ र भोला तामाङ, बिर्तामोड–८ का कृष्ण श्रेष्ठ र बिर्तामोड–४ का दीपक मिश्र छन् ।

हल्दीबारी–३ का टङ्क भट्टराई र हल्दीबारी–४ का राजकुमार राईलाई समेत एमालेले कारबाही गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख माधव विद्रोहीले बताउनुभयो । रासस

प्रकाशित मिति: १२ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News