निर्वाचनमा सबैभन्दा बढी मत बाजुरामा खस्यो, भोजपुर कम


 



काठमाडौं, असार १४
स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार सम्पन्न तीनवटा प्रदेशमा सम्पन्न भएको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको छ ।

दोस्रो चरणमा निर्वाचन भएका तीन प्रदेशका ३५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै सबैभन्दा कम भोजपुरमा मत गरेको छ ।

बाजुरामा ८० प्रतिशत मत खसेको छ भने भोजपुरमा ६१ प्रतिशत मत खसेको निर्वाचन प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए ।

निर्वाचन केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको र खसेको मत प्रतिशत अझै बढ्न सक्ने प्रमुख आयुक्त यादवले बताए । उनले मतगणना पनि रातिदेखिनै गरिने जानकारी दिएका छन् ।

प्रमुख आयुक्त यादवले पहिलो चरणमा मतगणनामा सुस्तता आएको भन्दै आलोचना भएपनि एक हप्ता भित्रै सबै मतगणना गरिसक्ने बताएका छन् ।

प्रकाशित मिति: १४ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्