यसरी सम्मानित भए भोजपुरका ज्येष्ठ नागरिक (हेर्नुहोस् तस्बिर सहित)


 


भोजपुर, असार २६

 2विश्व जनसंख्या दिवस २०१५ को अवसरमा शनिबार भोजपुरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

कार्यक्रममा ८२ बर्षदेखी एक सय चार बर्षका बृद्धबृद्धा सम्मानित भएका थिए । जिल्लाकै ज्येष्ठ नागरिक एक सय चार बर्षका सिद्धेश्वर–४ का धनबहादुर खड्का सम्मानित भएका थिए ।

सम्मानित ज्येष्ठ नागरिकलाई दोसल्ला, प्रमाणपत्रका साथमा हर्लिक्स समेत वितरण गरिएको थियो । साथै उनिहरुको स्वास्थ्य चेकजाँच समेत गरिएको थियो। उनिहरुलाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यसरी सम्मानित हुनेहरुमा सिद्धेश्वर गाविस–३ का ९७ बर्षिय भिमबहादुर भण्डारी, भोजपुर नगरपालिका–८ की ९५ बर्षिया चम्पामाया रोक्का, बोखिमका ८९ बर्षका नरबहादुर प्रधान, भोजपुर २ कि कमला कार्की, भोजपुर ४ का इन्द्रमणि घिमिरे लगायत १७ जना रहेको छन् ।

3

4

1

प्रकाशित मिति: २६ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्