आइसीसी महिला विश्वकपमा भारत शीर्ष स्थानमा उक्लियो


 



एजेन्सी
इंग्ल्यान्ड र वेल्समा जारी आइसीसी एक दिवसीय महिला विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । आइतबार राति भएको तेस्रो खेलमा भारतले पाकिस्तानलाई ९५ रनले पराजित गरेको छ ।

इंग्ल्यान्डको काउन्टी ग्राउण्ड डर्बीमा भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको पाकिस्तान ३८ ओभर १ बलमा अलआउट हुँदै ७४ रनमा समेटियो ।

पाकिस्तानका लागि कप्तान साना मिरले २९ तथा नाहिदा खानले २३ रन जोड्नु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्न भारतकी एकता बिष्टले ५ तथा मानसी जोसीले दुई विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर १६९ रन बनाएको थियो । भारतको लागि पुनम राउतले ४७, शुस्मा बर्माले ३३ तथा दिप्ती शर्माले २८ रन जोडिन ।

पाकिस्तानकी नश्रा सन्धुले ४ तथा सदिया युसुफले २ विकेट लिइन् । योसंगै भारत प्रतियोगिताको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । भारतले ६ अंक जोडेको छ ।

अष्ट्रेलियासंग अंक बराबर भएपनि रेट रन रेटको आधारमा भारत लिगको शिर्ष स्थानमा पुगेको छ ।

प्रकाशित मिति: १९ असार २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्