पेपेले किन छाडे रियल मड्रिड ?


 


एजेन्सी, असार २१

पोर्चुगलका डिफेन्डर पेपे टर्किस क्लब बेसिक्टास गएका छन् । स्पेनिस तथा च्याम्पियन्स लिग च्याम्पियन रियल मड्रिडसँग पेपेको सम्झौता यो सिजनको अन्त्यमा सकिएको थियो ।

पेपे टर्किस च्याम्पियन बेसिक्टासमा स्वतन्त्र मूल्यमा अनुबन्धित भएका हुन् । सन् २००७ मा पोर्टोबाट रियल गएका पेपेले रियलबाट तीन सय ५० खेल खेले ।

यसक्रममा उनले तीन पटक ला लिगा तथा तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । पेपे फ्रान्समा भएको युरोपक फुटबल २०१६ को फाइनल खेलको म्यान अफ दि म्याच भएका थिए ।

यो खेलमा पोर्चुगलले फ्रान्सलाई हराएर ऐतिहासिक उपाधि जितेको थियो । पेपेले बेसिक्टासँग कति वर्षको सम्झौता गरेका हुन् भन्ने केही खुलेको छैन ।

प्रकाशित मिति: २१ असार २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्