सरकारी कर्मचारीको तलव १० प्रतिशत वढ्दै


 


काठमाडौं, असार २८

5593456-3x2-940x627सरकारी कर्मचारीको तलव १० प्रतिसत सम्म वढाउने तयारी भएको छ । महाभुकम्पपछिको पुर्ननिर्माणमा धेरै खर्च गर्नुपर्ने भएकोले आफुहरुले तलव वृद्धिलाई प्राथमिकतामा नराख्न सुझाव दिएपनि अर्थमन्त्रालयले १० प्रतिसत सम्म तलव वढाउने तयारी गरेको राष्ट्रिय योजना आयोगका एक सदस्यले चक्रपथलाई वताए ।

सेना, प्रहरी र निजामती गरि करिव ६ लाख कर्मचारीले राज्य कोषबाट तलव लिन्छन । यसपटक कर्मचारीको तलव वढाउन ट्रेड युनियनहरुले अघिल्ला वर्षहरुमा जस्तो दवाव पनि नदिएकोे र पुर्ननिर्माणमा पनि खर्च गर्नुपर्ने भएकोले तलव बढाउने विषयमा राष्ट्रिय योजना आयोग असहमत छ ।

तर पनि अर्थका अधिकारीले तलव बृद्धिको तयारी गरेको योजना आयोगका ति सदस्यले बताए । नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले २ वर्षदेखि कर्मचारीको तलव वृद्धि नभएकोले यसवर्ष वढाउनुपर्ने दावी गरे ।

उनले सवै सरकारी कर्मचारी महाभुकम्प पछिको राहत र उद्धारमा अहोरात्र खटिएको र पुर्ननिर्माण कार्यमा पनि उत्साहित तुल्याउन तलव वृद्धि आवश्यक रहेको बताए ।  वजेटमा पुर्ननिर्माणको लागि १ प्रतिसत पुर्ननिर्माण कर लगाउने तयारी पनि भएको छ ।

तर अरु नियमित करका दरहरुमा खासै परिवर्तन नहुने अर्थमन्त्रालय स्रोतले जनाएको छ । अर्थमन्त्री डाक्टर रामशरण महतले मंगलवार साढे ८ खर्व हाराहारीको वजेट व्यवस्थापिका ससंदमा पेश गर्दैछन ।

प्रकाशित मिति: २८ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्