पत्रकार दाहालको निदान अस्पतालमा उपचार हुँदै


 


भोजपुर, असार २८

shyam gसाेमबार मध्यान्ह उपचारका लागि काठमाडौं लगिएका भाेजपुरका पत्रकार श्यामकृष्ण दाहालको ललितपुरको निदान अस्पतालमा उपचार शुरु भएको छ । झण्डै एक बर्ष देखि दुबै मृगौला रोगबाट पीडित बनेका पत्रकार दाहालको स्वास्थ्यमा अाइतबारबाट समस्या अाएको थियो ।

शुरुदेखी नै निदान अस्पतालमा उपचार गराउँदै अाएका पत्रकार दाहाल साउनको पहिलो हप्ता पुन उपचारका लागि काठमाडौ जाने तयारीमा थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार हेलिकोप्टरबाट राजधानी लगिएको थियो । डाक्टरहरुको सल्लाह बमोजिम उनि बेला बेला स्वास्थ्य चेकजाँच गराउँदै नियमित अौषधि सेवन गर्दे अाएका थिए ।

अहिले उनको अस्पतालमा उपचार भइरहेको छ । उपचार शुरु भएसँगै यतिबेला उनको स्वास्थ्यमा केही सुधार अाएको पारिवारिक श्रोतले जनाएको छ । यतिबेला उनि अौषधी खाइरहेका छन् । दाहाल नेपाल पत्रकार महासंघ भोजपुर शाखाका सभासद हुन् साथै उनि अन्नपुर्ण पाेष्ट दैनिकमा अावद्ध छन् ।

प्रकाशित मिति: २८ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्