Deshko News
९ आश्विन २०८०, मंगलबार

यू १९ विश्वकप छनोट : सिंगापुर ७३ रनमा अलआउट, सन्दीपले लिए पाँच विकेट



काठमाडौं, साउन २
सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा जारी आइसीसी यू–१९ विश्वकपको एसियन छनोटमा नेपालले सिंगापुरलाई ७३ रनमै अलआउट गरेको छ। कप्तान सन्दीप लामिछानेले ५ विकेट झारेपछि सिंगापुर अलआउट हुन पुग्यो ।

टस जित्दै फिल्डिङ रोजेका सन्दिप नेतृत्वको बलिङ युनिटले नतिजा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली २९ ओभरमै ७३ रनमा अलआउट भयो। सिंगापुरलाई अलआउट गर्न नेपालका लागि ८ ओभर बलिङ गरेका सन्दीपले २ मेडन राख्दै २१ रन खर्चर ८ विकेट लिए। यस्तै शहाब आलमले ३ तथा किशोर महतोले २ विकेट लिए।

सिंगापुरका लागि ब्रिगु आएरले सर्विधक ४२ तथा सिएन अग्रवालले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

 

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News